national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

हाम्रो मिशन

मेडिकल सुपरिन्टेन्डेन्टको सन्देश

प्रादेशिक अस्पताल कलैया मेडिकल सुपरिन्टेन्डेन्टको सन्देश प्रादेशिक अस्पताल कलैया, विगत केही वर्षहरूमा जिल्ला अस्पतालबाट क्रमशः विकास हुँदै बहुविशेषज्ञ सेवा प्रदान गर्ने सेकेन्डरी लेभल–बी प्रादेशिक अस्पतालको रूपमा स्थापित भएको छ। यस यात्रामा हाम्रो दक्ष, समर्पित तथा सेवाभावी चिकित्सक, नर्सिङ्ग तथा सहयोगी टोलीको महत्वपूर्ण योगदान रहेको छ। हामीले आधारभूत स्वास्थ्य सेवादेखि लिएर विशेषज्ञ तथा सुपर–विशेषज्ञ सेवासम्म सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आएका छौँ। बिरामीप्रति सहानुभूतिपूर्ण व्यवहार, सुरक्षित, स्वच्छ तथा शान्त वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो प्रमुख उद्देश्य हो। यस अस्पतालमा प्रमुख शल्यक्रिया सेवा, अस्थिरोग (अर्थोपेडिक्स), एन्डोस्कोपी तथा एन्डोस्कोपिक इन्टरभेन्सन, डेक्सा स्क्यान, सघन उपचार कक्ष (ICU) लगायतका आधुनिक सेवाहरू न्यूनतम शुल्कमा उपलब्ध गराइँदै आएको छ, जसले सर्वसाधारण नागरिकलाई सहज पहुँच प्रदान गरेको छ। यद्यपि भौतिक पूर्वाधार तथा जनशक्तिको केही चुनौतीहरू विद्यमान छन्, तिनको समाधानका लागि हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गर्दै निरन्तर प्रयासरत छौँ। अन्त्यमा, “रोकथाम उपचारभन्दा उत्तम हो” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सम्पूर्ण जनसमुदायलाई स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित आहार लिन तथा नियमित स्वास्थ्य जाँच गराउन हार्दिक अनुरोध गर्दछौँ। आउनुहोस्, हामी सबै मिलेर स्वस्थ, सक्षम र रोगमुक्त समाज निर्माणतर्फ अग्रसर बनौँ। धन्यवाद।